व्यापार घाटा साढे ७ खर्ब पुग्यो

काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुको समग्र व्यापार घाटा करिब साढे ७ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालू आवको ७ महिनाको मुलुकको व्यापार घाटा ७ खर्ब ३८ अर्ब ६३ करोड छ।

 

यो गत वर्षको सोही अवधिको तुलनामा व्यापार ५.३ प्रतिशतले कमी हो।यस अवधिमा भारतबाट हुने आयात ८ प्रतिशतले घटेको छ भने चीनबाट हुने आयात ९.८ प्रतिशतले बढेको छ । यस्तै अन्य मुलुकबाट हुने आयात ०.८ प्रतिशतले बढेको छ।

 

चालू आर्थिक वर्षको ७ महिनामा आयात ३.६ प्रतिशतले घटेको छ भने निर्यात २२.४ प्रतिशतले बढेको छ।राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तीय स्थितिअनुसार ७ महिनामा कुल ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएको छ। यस्तै ७ महिनामा कुल ६४ अर्ब ९७ करोडको वस्तु निर्यात भएको छ।

 

नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरुमा पाम ओयल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो लगायत परेका छन्। पाम तेल, हटरोल सिट, मेसिनरी तथा पार्टपूर्जा, विद्युतीय उपकरण तथा सोलार प्यानल लगायत बस्तुको आयात बढेको छ।

 

हवाईजहाज तथा पार्टपूर्जा, एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपूर्जाको आयात घटेको छ।

कृषिलाई नाफामूलक बनाउने मन्त्री भुसालको ५ मन्त्र Read Previous

कृषिलाई नाफामूलक बनाउने मन्त्री भुसालको ५ मन्त्र

कोरोना माथि विजयी भएको भन्दै चीनले पिटेको ढोललाई कति विश्वास गर्ने Read Next

कोरोना माथि विजयी भएको भन्दै चीनले पिटेको ढोललाई कति विश्वास गर्ने