काठमाडौं । पछिल्लो समय कोरोना भाइरसले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्ना घोषित कार्यक्रमलाई स्थगन गरेको छ ।
अन्य मुलुकको तुलनामा नेपालमा हालसम्म न्यून संक्रमण देखिएको भए तापनि सजगता र सावधानी अपनाइएन भने यसले हाम्रो मुलुकमा पनि महामारीको रुप लिन सक्ने भन्दै यसतर्फ सजग रहन सबैसमक्ष महासंघले अपिल गरेको छ ।
नेपाल सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सव लगायत भीडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक आह्वान गरिसकेको सन्दर्भमा सो आह्वानलाई मध्येनजर गर्दे यस महासंघले घोषित आफ्ना कार्यक्रम स्थगित गरेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम मुलुकको सूचीमा राखेको छ ।
महासंघद्धारा घोषित कार्यक्रम अन्तरगत यही चैत १४, १५, १६ राजधानीमा राष्ट्रिय महाअधिवेशनका साथै प्रदेश तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनी रहेका थिए ।