काठमाडौं । सीई कन्स्ट्रक्शनले रोजगारीका लागि विभिन्न पदमा आवेदन आह्वान गरेको छ । खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि कन्स्ट्रक्शनले १८ पदमा आवेदन माग गरेको हो ।
कन्स्ट्रक्शनले मंगलबार सूचना प्रकाशित गर्दै प्रोजेक्ट म्यानेजर, एसिस्टेन्ट प्रोजेक्ट म्यानेजर, टनेल इन्जिनीयर, सिनियर इन्जिनीयर, इलेक्ट्रिक इन्जिनीयर, जियोलोजिस्ट, टनेल सुपरभाइजर लगायत पदमा २८ जनाको लागि आवेदन माग गरेको छ ।
इच्छुक आवेदकले आवश्यक कागजातसहित चैत १५ (मार्च २८) गते भित्र इमेलमार्फत आवेदन दिन सक्ने कन्स्ट्रक्शनले जनाएको छ । सम्बन्धित पदमा आवश्यक योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्नेछन् ।