 
			काठमाडौं । ४ वर्ष अघिको भूकम्प भत्किएको धरहरा पुनःनिर्माणको १०औँ तला ढलानको तयारी भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
धरहरा निर्माण गरिरहेको जीआइइटीसी-रमन जेभीका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १०औं तलाको ढलान हुने जानकारी दिए।
रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम गरिरहेको निर्माण कम्पनी सीए र तुलसी कन्ट्रक्सन जेभीका शान्तकुमार श्रेष्ठले तोकिएको समयभित्र आफ्नो जिम्मेवारीको काम सम्पन्न हुने बताए ।
उपभोक्ता समितिमार्फत् रानीपोखरीको पिँध र वरिपरिको क्षेत्रमा पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसहितको टोलीले पूर्व निर्धारित समयमा धरहरा र रानीपोखरी पुनःनिर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                