बैंकर्ससँग गभर्नरको बिदाइ भेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग बिदाइ भेट गरेका छन् ।

 

नेपालको यही चैत ५ गतेबाट कार्यकाल सकिँदैछ । उनले कार्यकाल सकिनु २ दिनअघि वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग छुट्टाछुट्टै भेटघाट गर्दै धन्यवाद ज्ञापन गरेका हुन् ।

 

गभर्नर नेपालले आफ्नो ५ वर्षे कार्यकाल सफल बनाउन सहयोग गरेकोमा बैंकर्सहरूलाई धन्यवाद दिएका हुन् । गभर्नर नेपालले बैंकर्ससँगको भेटघाटमा बैंकर्सहरूको साथ, सहयोगले नै आफू सफल भएकाले यसको श्रेय आफ्नो साथै राष्ट्र बैंकका कर्मचारी र बैंकर्सलाई पनि जाने बताएको एक बैंकरले बताए ।

 

बैंकर्सहरूले पनि नेपालको कार्यकालमा वित्तीय क्षेत्रमा ठूलो सुधार भएकाले यो कार्यकाल गर्व गर्न लायक भएको बताएका थिए ।

सेयर बजारमा सामान्य सुधार Read Previous

सेयर बजारमा सामान्य सुधार

१ वर्षभित्रै बागलुङमा तामाखानी सञ्चालनमा आउने Read Next

१ वर्षभित्रै बागलुङमा तामाखानी सञ्चालनमा आउने