काठमाडौं । पछिल्लो समय तीव्र उतरचडाव देखिएको सेयर बजारमा आज सामान्य सुधार देखिएको छ । आइतबार करिब ६४ अंकले घटेको बजारमा आज ३ अंकको सुधार देखिएको छ ।
सेयर बजार मापक सूचक नेप्से सोमबार ३.३५ अंकले बढेर १३१६.३९ अंकमा पुगेको छ । आज १८० कम्पनीको १ अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८७७ रुपैयाँ बराबरको कारोबार भएको छ । ४१ दाख ९१ हजार ४१५ कित्ता सेयर खरिद-विक्री भएका छन् ।
कारोबार भएका १२ समूहमध्ये ९ समूहको परिसूचक उकालो लागेका छन् भने ३ समूहको परिसूचक ओरालो लागेका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक ५३.४८ अंकले बढेको छ भने उत्पादनमूलक समूहको परिसूचक ५२ अंकले घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको १५ करोड ४० लाख ८९ हजार २५३ रुपैयाँ बराबरको कारोबार भएको छ । एनआइसी एशिया बैंकको पनि साढे १२ करोडभन्दा बढीको कारोबार भएको छ ।
आज सिभिल लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ९.८८ प्रतिशतले बढेको छ । आज सबैभ्न्दा धेरै युनिलिभर नेपालको सेयर मूल्य ५.८७ प्रतिशतले बढेको छ ।