चुनावमा लाग्नु भन्दा आफ्नो शक्ति संकटसँग लड्न खर्च गरौं : कुशकुमार जोशी

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन एउटा नियमित प्रक्रिया हो । यसलाई रोक्नु पर्ने वा नपर्ने विषयमा तर्क गरिरहनु अहिले सान्दर्भिक नहोला । अहिले विश्वमा नै कोरोना भाइरसको महामारी घोषणा भएर त्यसको रोकथाम कसरी गर्ने भनेर सबै देशमा छलफल भइरहेको छ । तर, त्यसको ठोस उपाए नभेट्टिएपछि विश्वका ठूला अर्थतन्त्र अमेरिका, चीन, जापान, भारत र पूरै यूरोप बन्दजस्तो अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा कसरी हामी महासंघको निर्वाचनमा जान सक्छौं ?

 

हाम्रो भौगोलिक अवस्थाको कारण सरकार पछिको सबैभन्दा ठूलो सञ्जाल रहेको नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको गर्नै पर्छ भन्ने मनसायबाट जबरजस्ती अगाडि जान सक्ने अवस्था छैन । अहिले सबै तह र तप्काका मानिसले हामीलाई हेरिरहेका छन् । हाम्रो हरेक क्रियाकलापमा समाजले गहिरो आँखाले नियाली रहेको छ ।

 

हरेक जिल्लाबाट प्रतिनिधि बोलाएर निर्वाचन गर्नु भनेको निकै जोखिमपूर्ण काम हो । त्यसैले तत्काल निर्वाचनको कार्यक्रम रोकेर नेपाल उद्योग वाणिज्य महासंघको शक्ति प्रयोग गर्दै उद्योगी व्यवसायी, सरकार र समाजको लागि काम गर्न सकियो भने अवस्था सामान्य भएपछि निर्वाचनमा जान सकिन्छ । त्यसले सबैको लागि फाइदा गर्छ ।

 

हाम्रो नेतृत्व तत्काल परिवर्तन नभएर देश र उद्योगीको लागि घाटा हुन्छ भन्ने होइन । अहिले त व्यवसायीक एकता देखाएर जसरी हुन्छ सरकारसँग सहकार्य गर्दै अगाडि जानु पर्ने छ । सरकारसँग व्यवसायीको लागि परेका समस्या, त्यसले उद्योगधन्दामा पर्ने असर, खाद्य, स्वास्थ्य लगायतका सामग्रीको अवस्था जस्ता विषयमा सहकार्य गर्दै समग्र उद्योगी व्यवसायीको लागि काम गर्नु पर्ने अवस्थामा निर्वाचन गरेर अवस्थालाई झनै गम्भिर बनाउने काम निजी क्षेत्रले गर्नु हुँदैन ।

 

अहिले म ताप्लेजुङमा छु । जिल्ला उद्योग वाणिज्य संघहरु र विभिन्न व्यवसायी साथीहरु अहिलेको समस्यासँग कसरी लड्ने भनेर चिन्तित रहेका छन् । कोरोनाको कारण मानिसमा आउन सक्ने जोखिम के हो ? हाम्रो अत्यावश्यक वस्तुको आपूर्ति प्रणाली कस्तो छ ? यदि भोलि उद्योगहरु नै बन्द गर्नु पर्ने अवस्था आएको खण्डमा कसरी अगाडि बढ्ने भन्ने अन्यौलता सबै व्यवसायीमा देखिएको छ । दुई तिहाई विश्व यसको चपेटामा परिसक्दा पनि हामी कहाँ केही भएको छैन भनेर ढुक्कले बस्ने अवस्था छैन ।

 

त्यसमा पनि हरेक जिल्लाबाट प्रतिनिधि बोलाएर निर्वाचन गर्नु भनेको निकै जोखिमपूर्ण काम हो । त्यसैले तत्काल निर्वाचनको कार्यक्रम रोकेर नेपाल उद्योग वाणिज्य महासंघको शक्ति प्रयोग गर्दै उद्योगी व्यवसायी, सरकार र समाजको लागि काम गर्न सकियो भने अवस्था सामान्य भएपछि निर्वाचनमा जान सकिन्छ । त्यसले सबैको लागि फाइदा गर्छ ।

 

त्यसैले अहिले निर्वाचन होइन, सबैले आ–आफ्नो स्थानबाट कोरोना भाइरससँग लड्न एकतावद्ध हुन जरुरी छ । हाम्रो स्वास्थ्य र उद्योग बच्यो भने मात्रै महासंघ रहने हो । त्यसैले निर्वाचन रोकाैं, चुनौतीसँग लड्ने तयारी गरौं ।

 

(कुराकानीमा आधारित, जोशी महासंघका पूर्व अध्यक्ष हुन्)

बैंकको ब्याज र किस्ता बुझाउन नसक्ने भन्दै होटल व्यवसायीद्वारा सहयोग माग Read Previous

बैंकको ब्याज र किस्ता बुझाउन नसक्ने भन्दै होटल व्यवसायीद्वारा सहयोग माग

एभरेष्ट बैंकद्वारा टिच फर नेपाललाई ७ लाख सहयोग Read Next

एभरेष्ट बैंकद्वारा टिच फर नेपाललाई ७ लाख सहयोग