सिभिल बैंकको नयाँ शाखा काठमाडौंको टोखामा

काठमाडौं । सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाडौंको टोखामा नयाँ शाखा संचालनमा ल्याएको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सिभिल बैंक लिमिटेडको टोखा शाखाको समुद्घाटन गरे ।

 

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरको सरसफाइको लागि ३० थान डस्टविन हस्तान्तरण गरेको थियो । सो डस्टविन सिभिल बैंकका अध्यक्ष ईच्छाराज तामाङद्वारा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई प्रदान गरे ।

 

उक्त अवसरमा सिभिल बैंकका बागमती प्रदेशका प्रमुख भोला बहादुर विष्टले सिभिल बैंक टोखा शाखाले यस क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयलाई उच्चस्तरीय बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि साना तथा मझौला व्यापार व्यवसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

 

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताए ।

 

बैंकले हाल देशभरका ११२ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिङ सेवा काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

डिशहोमले शुरू गर्‍यो रियालिटी सो ‘सुनौलो तारा’ Read Previous

डिशहोमले शुरू गर्‍यो रियालिटी सो ‘सुनौलो तारा’

एउटै गाउँपालिका जहाँ छन् १३ वटा जलविद्युत् आयोजना Read Next

एउटै गाउँपालिका जहाँ छन् १३ वटा जलविद्युत् आयोजना