कतारका लागि श्रम स्वीकृति बन्द

काठमाडौं । सरकारले कतारका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ ।

 

कोरोनाको संभावित जोखिमलाई न्यूनीकरण गर्न भन्दै कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएपछि वैदेशिक रोजगार विभागले मंलबारदेखि श्रम स्वीकृति दिन बन्द गरेको हो ।

 

विभागबाट फागुन १६ देखि फागुन २६ गतेसम्म कतार जानका लागि ३ हजार ६०५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । अन्तिम श्रम स्वीकृति लिएर कतार पुगिसकेका बाहेक अन्य नेपालीलाई कतारले प्रवेशमा रोक लगाइसकेको छ ।

 

कतार नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक हो । हाल कतारमा ५ लाख हाराहारीमा नेपाली कामदार रहेको बताइएको छ ।

निर्माण सामग्रीको खपत आधा घट्यो, व्यवसायी भन्छन् कसैमा पनि उत्साह छैन Read Previous

निर्माण सामग्रीको खपत आधा घट्यो, व्यवसायी भन्छन् कसैमा पनि उत्साह छैन

निगमले गर्‍यो कतारको दोहा उडान स्थगित Read Next

निगमले गर्‍यो कतारको दोहा उडान स्थगित