कोरोनाको त्रास फैलिरहेको बेलामा यसरी मनाऔँ होली

होली हिन्दू धर्मवलम्बीका लागि मात्र नभई हरेक धर्म, जातजातीका लागि रमाईलो चाडको रुपमा मनाइँदै आएको छ । विगतमा नेपालीले मात्र नभई विदेशबाट आएका आगन्तुकहरुले समेत होली खेल्ने गरेका थिए । तर, यो पटक माहोल त्यस्तो छैन । विश्वभर कोरोनाको प्रकोपका कारण नेपालमा समेत त्रास फैलिएको छ । यस्तो अवस्थामा हामी सबैले सर्तक अपनाउनु पर्ने भएको छ ।

 

होली रंगको मात्र पर्व नभइ यो एक आपसमा मेलमिलाप, सद्भावना आदनप्रदान गर्ने पर्व हो । यस पर्वलाई परिवार, आफन्तसँग बसेर रंग र पानी नखेली पनि मनाउन सकिन्छ ।

 

हुन त, होली त्यो पनि रंग र पानी नखेली कसरी पूरा हुन्छ भन्ने लाग्न सक्छ । तर, त्यसो हैन हामीले कोरोनासँग बच्न मात्र हैन होली खेले पछि लाग्ने चीसोबाट बच्न पनि यसो गर्न आवश्यक छ । यसरी कोरोनासँग बचिने भन्दा पनि होली खेले पछि रुघा, खोकी, जरो जस्ता बीरामीले कोरोनालाई सजिलै शरिरमा प्रवेश गराउन सक्ने हुँदा त्यसका लागि पनि हामी सजक हुनु पर्छ ।

 

रंग र पानी नखेले पनि सबै परिवार जम्मा भएर मिठो परिकार बनाउन सकिन्छ । यसदिनलाई तपाईंले आफ्ना परिवार र आफन्तसँग बसेर विगतमा खेलीएका होलीको अनुभवलाई बाँड्न सकिन्छ । यसरी आफूले अहिलेसम्म खेलेको होलीको अवस्मरणीय सम्झनाले पनि तपाईंलाई रमाईलो महसूस हुन सक्छ ।

 

कुराकानीसँगै आफन्तसँग बसेर नाचगान, रमाईला खेलहरु खेलेर पनि होलीलाई मनाउन सकिन्छ । यसले तपाईंलाई आफ्नो परिवारसँग नजिक हुन सहयोग पुराउने छ ।

 

हुन त होलीको दिन त्यो पनि होली खेल्न पाइएन भनेर मोबाईलमा गेम खेल्ने, फिल्म हेर्ने र च्याटिङ गर्नेहरु धेरै हुन्छन् । तर, यसो गर्नु उचीत हैन । यसो गर्दा तपाईले आफ्नो परिवारसँग बिताउन सक्ने उपयुक्त समयलाई गुमाउनु हुनेछ । त्यसैले एक दिन मोबाईलाई साइडमा राख्नुस र आफ्नो परिवारसँग भरपुर समय बिताउनुस् । यसले तपाईंले परिवार, इस्ट मित्रसँग नजिक हुने मौका पाउनुहुनेछ ।

 

त्यती मात्र नभई होलीको दिन आफ्नो परिवार, इस्ट, मित्रसँग कतै घुम्न गएर पनि रमाइलो गर्न सकिन्छ । होलीको दिनलाई चलचित्रहलमा गएर परिवारसँग फिल्म हेरेर पनि बिताउन सकिन्छ ।

कोरोना असर : १० हजारमा एक फन्को काठमाडौं घुमाउने प्याकेज ल्याउँदै वायुसेवा प्रदायक Read Previous

कोरोना असर : १० हजारमा एक फन्को काठमाडौं घुमाउने प्याकेज ल्याउँदै वायुसेवा प्रदायक

होलीको रौनक नभए पनि रंग आयातमा बृद्धि, गत वर्ष भन्दा ३३% ले बढ्यो रगंको आयात Read Next

होलीको रौनक नभए पनि रंग आयातमा बृद्धि, गत वर्ष भन्दा ३३% ले बढ्यो रगंको आयात