कोरोना भाइरसको प्रभाव अध्ययन गर्दै अर्थ मन्त्रालय

काठमाडौं। पछिल्लो समय समग्र विश्व अर्थतन्त्रमा नै कोरोना भाइरस (कोभीड १९) को असर पर्ने थालेसंगै नेपालमा पनि यसको अध्ययन सुरु भएको छ । कोरोनाका करण नेपाली अर्थतन्त्रमा समेत असर पर्न थालेपछि अर्थ मन्त्रालयले अध्ययन सुरु गरेको हो ।

 

अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना भाइरसले अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा अध्ययन अघि बढिसकेको मन्त्रालयले जानकारी गराएको छ । कोरोनाले बजारमा कृतिम अभाव देखिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको बताउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाकै कारण बजारमा यतिबेला कृतिम अभाव हुन थाल्यो भन्ने अफवाह फैलिएको छ, त्यसतर्फ पनि सरकार सचेत छ कोरोनाको प्रभाव नेपाली अर्थतन्त्रमा पनि छ, त्यसमा सरकारले अध्ययन सुरु गरिसकेको बताएका छन् ।

 

सरकारका प्रवक्ता समेत रहेको मन्त्री डा. खतिवडाले भने ‘कोरोना भाइरसको लक्षणजस्तै यसले अर्थतन्त्रमा पार्ने लक्षण अहिले देखिएको छ, पर्यटन, व्यापार, लगानीको अवसर, जहाँ विदेशी कामदार छन् ती निर्माण क्षेत्र, बजारको आपूर्ति विषयमा लक्षण देखिएको छ ।’

 

मन्त्री खतिवडाले कोरोनाका कारण विश्व अर्थतन्त्र पनि प्रभावित हुन थालेको र त्यसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने बताए । सो अवसरमा उनले भ्रमण वर्षका सबै कार्यक्रम स्थागित नभएको दावी गरे । उनले भने, विश्व समुदायमा देखिएको प्रतिकुल स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै देश बाहिरका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हो, देश भित्रका कार्यक्रम यथावत नै रहेका छन् ।

 

कोरोनाको प्रभावले नेपालको सेवा क्षेत्रलाई असर गर्न थालेको भन्दै नेपाल राष्ट्र बैंकले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पर्यटन र व्यापारिक गतिविधि प्रभावित हुने जोखिम बढेको प्रतिवेदन नै सार्वजनिक गरिसकेको छ ।

 

उसले विश्वका केही देशहरुमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा पर्ने सक्ने असर तथा वर्षे बाली धानको उत्पादनमा आएको कमीले आर्थिक वृद्धि नै प्रभावित हुने देखिएको प्रक्षेपणसमेत गरेको गरेको छ ।

 

अहिलेसम्म संसारभरका करिव ८० मुलुकमा कोराना फैलिएको छ भने विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई संवेदनशिल सूचिमा राखेको छ । कोरोनाबाट त्रास फैलिन नदिन र सचेतना अपनाउन भन्दै सरकारले प्रत्येक दिन ताजा जानकारी दिने तयारी पनि गरेको छ ।

औषधी अभावको कुरा हल्ला मात्र, बजारमा औषधी पर्याप्त छ : औषधी व्यवस्था विभाग Read Previous

औषधी अभावको कुरा हल्ला मात्र, बजारमा औषधी पर्याप्त छ : औषधी व्यवस्था विभाग

नारी दिवस नारी प्रति मात्र लक्षित अभियान नभएर समग्र प्रगति पथको आधार हो Read Next

नारी दिवस नारी प्रति मात्र लक्षित अभियान नभएर समग्र प्रगति पथको आधार हो