सेञ्चुरी बैंकले चैत १४ गते बोलायो साधरण सभा, बुकक्लोज कहिले

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चैत १४ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ ।  बैंकको साधरण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे शुरु हुनेछ ।

 

बैंकले साधरण सभामा गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई घोषणा गरेको ६.७५ लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । बैंकले आर्थिक वर्षको नाफाबाट २ प्रतिशत बोनस र ४.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

 

यस्तै, बैंकले सभामा गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने लगायतका प्रस्तावहरु पनि लैजाने भएको छ ।

 

बैंकले साधरणसभा प्रयोजनका लागि फागुन ३० गते बुक क्लोज मिति तोकेको छ । यस अनुसार फागुन २९ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

 

हाल ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँ पुग्नेछ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकले १२ प्रतिशत लाभांश दिने Read Previous

तिनाउ मिसन डेभलपमेन्ट बैंकले १२ प्रतिशत लाभांश दिने

पोखरामा वन समूहले सञ्चालनमा ल्यायो २ करोड लगानीमा पानी उद्योग Read Next

पोखरामा वन समूहले सञ्चालनमा ल्यायो २ करोड लगानीमा पानी उद्योग