काठमाडौं । तिनाउ मिसन डेभलमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १२ प्रतिशत बोनस दिने निर्णय गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
हाल बैंकको चुक्ता पूँजी १ अर्ब १४ करोड ४१ लाख ६८ हजारको १२५ रुपैयाँ छने बोनस वितरणपछि १ अर्ब २८ करोड १४ लाख ६८ हजार ३०० रुपैयाँ पुग्नेछ ।
