काठमाडौं । सिभिल बैंकले ललितपुरको नखिपोटमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ।
शाखा स्थापनाको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम समाजिक संस्थाहरुलाई साहयता पनि उपलब्ध गराएको थियो।
शाखा उद्घाटनको अवसरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंकका अध्यक्ष इच्छाराज तामाङको उपस्थिति थियो।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्युनिटी चाइल्ड केयर सेन्टरलाई २० थान ब्ल्याङ्केट प्रदान गरेको छ ।
सहयोग सामाग्री बैंकका सञ्चालक समितिका अध्यक्ष ईच्छाराज तामाङले संस्थाकी अध्यक्ष विष्णु थापालाई प्रदान गरे ।