काठमाडौं । सोमबार नकरात्मक सर्किट लागेर बन्द भएको सेयर बजारले मंगलबार कमब्याक गरेको छ ।
हिजो करिब ९६ अंकले घटेर बन्द भएको बजारमा आज सुधार आएको छ । मंगलबार बजार खुल्ने बित्तिकै करीब ५५ अंकले ओरालो लागेको बजारमा करीब साढे १४ अंकले सुधार आएर कारोबार बन्द भएको छ ।
सेयर बजार मापक सूचक नेप्से आज १४.३७ अंकले बढेर १५०९.६७ विन्दुमा पगेको छ । यसदिन ३ अर्ब ८५ करोड १६ लाख २२ हजार ९९६ रुपैयाँ बराबरको कारोबार भएको छ । ८२ लाख ११ हजार २८९ कित्ता सेयर कारोबार भएको छ ।
यसदिन १८३ कम्पनीको १ करोड २५ लाख १७ हजार २१७ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबार भएका १२ समूहमध्ये ३ समूहको परिसूचक ओरालो लागेका छन् भने ९ समूहका पसिूचक उकालो लागेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक १८९.३ अंकले बढेको छ भने लघुवित्त समूहको परिसूचक सबैभन्दा धेरै ११६. १४ अंकले घटेको छ ।
आज कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर शीर्ष स्थानमा रह्यो । यसको ४० करोड ५५ लाख ८ हजार ५१३ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, एनएमबी बैंकको पनि २५ करोडभन्दा बढीको कारोबार भएके छ ।
आइतबार ३ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । नेपाल हाइड्रो र मन्जुश्री फाइनान्सको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । यस्तै आज ४ लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । स्वदेशी लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, स्पर्श र सामुदायिक लघुवित्तको सेयर मूलय करीब १० प्रतिशतले घटेको छ ।