हिमालय एअरलाइन्स्ले भित्र्यायाे चाैथाे जहाज

नेपालको निजी अन्तर्राष्ट्रिय एअरलाइन्स् हिमालय एअरलाइन्स्ले आफ्नो पाचौं वार्षिकउत्सवको अवसरमा २०७६ फागुन १९ गते शुक्रबार अर्काे नयाँ ए ३१९–११५ विमान थप गरेको घोषणा गरेको छ । उपाध्यक्ष–अपरेशनस्, क्यापटेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएको हाे । धेरै पखाईमा रहेको नयाँ विमान एमएसएन ९०२०,दर्ता नम्बर ९ एन–एजेके, स्थानीय समय २२ः२० मा विमानस्थलमा अवतरण भयो । यो नयाँ विमानको प्रवेशसँगै हिमालय एअरलाइन्स्सँग तिन एअरबस ए३२०–२१४ र एक एअरबस ए३१९–११५ गरी चारवटा विमान भएको छ ।

 

हालै समावेश गरिएको एअरबस ए३१९–११५ छोटो देखि मध्यम दूरीको उडान भर्ने एअरबस ए–३२० परिवारकै विमान हो । एअरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारो–बडी, दुई इन्जीनयुक्त जेट विमान हो जस्ले व्यावसायिक यात्रीहरुलाई ल्याउने लाने गर्छ । कुल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको विमानमा नयाँ र कुशल इन्जीन क्षमता रहेको छ जुन १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम छ । हालै समावेश गरिएको यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने तथा उडान संख्या बढाउंदै धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्नेछ ।

 

हिमालय एअरलाइन्स्ले मध्यपूर्वी मुलुकहरुमा आफ्नो उपस्थिति बढाउँदै गएको सर्वविदितै छ । यो नयाँ विमान ए ३१९ थप गरेसँगै एअरलाइन्स्ले मध्यपूर्वी मुलुक र चीनमा आफ्नो बजार विस्तार समृद्ध बनाउने योजना रहेको छ ।

सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन खुल्यो Read Previous

सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन खुल्यो

फोहोर व्यवस्थापनका लागि नयाँ मापदण्ड, अब कसले कति तिर्नुपर्छ मासिक (सूचीसहित) Read Next

फोहोर व्यवस्थापनका लागि नयाँ मापदण्ड, अब कसले कति तिर्नुपर्छ मासिक (सूचीसहित)