काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आज (फागुन २० गते)देखि ‘१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६’ बिक्रीमा ल्याएकोे छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँदरले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । जसमध्ये १ अर्ब ५० करोड रुपैयाँबराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ।
सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ९ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्न ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
यो ऋणपत्रमा छिटोमा फागुन २३ गते र ढिलोमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक १०.२५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात ब्याज भुक्तानी गर्नेछ।
बैंकको यो ऋणपत्रलाई इक्रा रेटिङ नेपालले इक्रा एनपी एल त्रिपल बी प्लस रेटिङ प्रदान गरेको छ। यसले बैंकको ऋणपत्रमा मध्यम कर्जा जोखिम भएको संकेत गर्दछ।