काठमाडौं । एनआईसी एशिया बैंकले मुद्दती खातामा उच्च ब्याजदरसँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा पनि दिँदै आएको छ ।
सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बीमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न सुविधाहरू दिँदै आएको बैंकको व्याक्तिगत मुद्दती खातामा ग्राहकका लागि ३ विभिन्न बीमा सुविधा दिएको छ ।
बैंकले ग्राहकको सुविधाका लागि ‘न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप’ खाता अन्तर्गत बैंकमा २५ लाख वा सोभन्दा बढीको मुद्दती खाता खोल्दा २१ लाखसम्मको बीमा सुविधा दिएको छ।
बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रूपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहकले विभिन्न १८ घातक रोगहरूका लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्नेछन् ।
ग्राहकले बहिरंग उपचार गर्नु परेमा २० हजार रुपैयाँ सम्मको सुविधा लिन सकिनेछ । ग्राहक सिकिस्त बिरामी भई अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा ग्राहकले ८० हजार रुपैयाँसम्म बीमाबाटै खर्च गर्न सकिनेछ ।
यस्तै, ग्राहकले न्यूनतम १ लाख वा सोभन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रूपैयाँसम्म बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रूपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ ।
यस्तै, ग्राहकले १८ घातक रोगहरूको लागि २ लाख रूपैयाँसम्म र ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउनेछन् । यस्तै, बैंकले १० लाख वा सोभन्दा बढीको मुद्दती खाता खोल्दा १२ लाख ५० हजार रुपैयाँ बीमा सुविधा पाउनेछन् ।
ग्राहकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा यो फाइदा लिन सक्नेछन् । बैंकर्स संघमा भएको भद्र सहमती अनुसार बैंकहरूले मुद्दती निक्षेप खातामा ९.२५ प्रतिशतसम्म ब्याज दिनेछन् । त्यसमा शाखा प्रमुखले बढीमा ०.५० प्रतिशतसम्म ब्याजदर थप्न सक्छन् । त्यसैले प्राय सबै बैंकले मुद्दती निक्षेप खातामा बढीमा ९.७५ प्रतिशतसम्म ब्याज प्रदान गर्छ ।
एनआईसी एशियामा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकका लागि निकै फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।