एनआइसी एशियाको शाखारहित बैंकिङ सेवा प्युठानको लामाचौरमा

काठमाडौं । एनआइसी एशिया बैंकले आइतबारदेखि प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकास्थित लामाचौरमा ५५औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।

 

बैंकिङ सेवाको उद्घाटन सोही वडाका अध्यक्ष नर बहादुर बुढामगरले गरे।उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा बैंकले गोपाल कृष्ण बुढामगरलाई नियुक्ती गरेको छ।

 

ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिनसक्ने बैंकले बताएको छ।

 

बैंकले हाल देशभरका ३१९ शाखा कार्यालय, ४५१ एटीएम, १०७ एक्स्टेन्सन काउन्टर एवं ५५ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा दप्रदान गर्दै आएके छ ।

कृषि ऋणमा ५० प्रतिशत ब्याज अनुदान दिने सरकारको तयारी Read Previous

कृषि ऋणमा ५० प्रतिशत ब्याज अनुदान दिने सरकारको तयारी

ठूला परियोजनाले मात्रै समृद्धिको लक्ष्य हासिल हुँदैनः रामेश्वर खनालको विचार Read Next

ठूला परियोजनाले मात्रै समृद्धिको लक्ष्य हासिल हुँदैनः रामेश्वर खनालको विचार