सनराइज बैंकले पायो मोबाइल बैंकिङ लिडर अवार्ड

काठमाडौं । सनराइज बैंकले ‘मोबाइल बैंकिङ लिडर अवार्ड’ पाएको छ। बैंकलाई मोबाइल बैंकिङ सेवामार्फत नविनतम सुविधा दिएर छोटो समयमा धेरै ग्राहक बढाउन सफल भएको भन्दै अवार्ड दिइएको हो।

 

मोबाइल बैंकिङ सेवा प्रदायक संस्था एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याललाई अवार्ड हस्तान्तरण गरे।

 

डिजिटल भुक्तानीका लागि हालै स्थापित भएको यो अवार्ड पाउने पहिलो बैंक सनराइज भएको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 

बैंकले हाल देशभरका १३० शाखा, १५२ एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार बन्यो फेरि नयाँ रेकर्ड Read Previous

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार बन्यो फेरि नयाँ रेकर्ड

स्याउको दाना होइन बोट बेचेरै करोडौंको कमाइ Read Next

स्याउको दाना होइन बोट बेचेरै करोडौंको कमाइ