काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयरमा फागुन आज (१८ गते) बाट आवेदन खुला भएको छ।
बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी पु¥याउन कम्पनीले १०० बराबर ६० कित्ता अनुपातमा कुल ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो।
कम्पनीको हकप्रद निष्काशनको विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । हकप्रदमा धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाइनेछ।
यसैगरी एनएमबी क्यापिटल नागपोखरी, काठमाडौं, एनएमबी बैंकका तोकिएका शाखा, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, काठमाडौं, कुमारीपाटी, ललितपुर र सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखाबाटपनि आवेदन दिन सकिनेछ ।
इन्स्योरेन्सको हकप्रदलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा आइपीओ ग्रेड ४’ रेटिङ प्रदान गरेको छ। ‘ ग्रेड ४’ रेटिङले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कम आधार रहेको जनाउँछ।
हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ भने हकप्रद पछि चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।