नेपालमा वार्षिक ४५ अर्बको औषधि खपत, विदेशी औषधिको हिस्सा ५५ प्रतिशत

काठमाडौ । नेपालमा वार्षिक ४५ अर्ब रुपैयाँभन्दा बढीको औषधि खपत हुने गरेको । औषधि व्यवस्थापन विभागका प्रवक्ता सन्तोष केसीका अनुसार यसरी खपत हुने औषधीको करीब ५५ प्रतिशत बजार हिस्सा विदेशी औषधिले ओगट्ने गरेको छ ।

 

उनका अनुसार नेपालमा औषधिको उत्पादन बढ्दो क्रममा रहे पनि खपत हुने औषधिको आयात विदेशबाटै बढी भएको छ । नेपालमा आयात हुने औषधिमध्ये ४८ प्रतिशत भारतीय रहेका छन् ।

 

नेपालमा औषधि उत्पादनको अनुपात बढे पनि आयातको अनुपात भने घट्न सकेको छैन । आयातको अनुपात बढ्दा नेपाली उत्पादनको बजारीकरण ४० देखि ४५ कै हाराहारीमा कायम रहेको छ । जटिल तथा घातक खालका रोगका लागि आवश्यक पर्ने औषधिमा भने परनिर्भर हुनुपर्ने बाध्यता छ ।

 

नेपाली उद्योगले विशेष गरी सामान्य (जनरल) औषधिहरू उत्पादन गर्छन् । भिटामिनका क्याप्सुल, झोल, चक्की, पाउडर, मल्हम लगायतका औषधिहरू उत्पादन गर्ने गरेका छन् ।

 

नेपाली लगानिमा करीब ६३ उद्योगहरु सञ्चालनमा रहेका छन् भने विदेशी लगानिमा संचालित करीब ३५० भन्दा बढी विदेशी उद्योगहरु संचालनमा रहेको केसीले जानकारी दिए । उक्त नेपाली लगानीमा संचालित उद्योगहरु करीब २५ अर्ब रुपैयाँ बराबरको लगानीमा संचालनमा रहेका छन् । नेपालमा अहिले सानाठूला गरी ५० वटा जति आयुर्वेद औषधि उद्योगहरु संचालित छन् ।

 

अहिले नेपालमा विभिन्न ब्रान्डहरु गरी करीब ९ हजार ब्रान्डका स्वदेशी औषधिहरु उत्पादनका लागि दर्ता भएका छन् । त्यस्तै विदेशी ब्रान्डका पनि करीब ९ हजारकै हराहारीमा रहेको प्रवक्ता केसीले बताए ।

 

नेपाली उद्योगले विशेष गरी सामान्य (जनरल) औषधिहरू उत्पादन गर्छन् । भिटामिनका क्याप्सुल, झोल, चक्की, पाउडर, मल्हम लगायतका औषधिहरू उत्पादन गर्ने गरेका छन् ।

 

अहिले नेपाली बजारमा स्वदेशी र विदेशी गरी करीब १८ हजार ब्रान्डका औषधि उपलब्ध छन् । स्वदेशी उत्पादनको तुलनामा ५ प्रतिशत बढी हिस्सा विदेशी औषधिले लिएको पाइन्छ ।

 

नेपालले वार्षिक रुपमा करीब २५ अर्ब रुपैयाँ बराबरको औषधि आयात गर्दछ । नेपालका केही उद्योगहरुले औषधि निर्यात समेत गर्न थालेको केसीले जानकारी दिए । उनका अनुसार निर्यात गर्ने उद्योगमा नेशनल हेल्थ केएर वीरगञ्ज र लोमस फर्मासिटिकल काठमाडौ रहेका छन् ।

 

त्यस मध्ये नेशनल हेल्थ केएर वीरगञ्जले सुइजन्य र लोमस फर्मासिटिकल काठमाडौंले ट्याबलेट निर्यात र्गछन् । निर्यातका लागि अन्य उद्योगहरुले पनि प्रयास गर्दै गरेको उनले बताए । नेपाली उद्योगहरुले विगत ३ वर्षदेखि नाइजेरिया, घानालगायत अफ्रिकी मुलुकहरुमा थोरै परिमाणमा भए पनि औषधि निर्यात गर्न थालेका छन् ।

 

सरकारले औषधि उत्पादन बढाउन र आयात कम गर्नका लागि अनुसन्धानहरुमा बढी जोड दिनु पर्ने देखिन्छ । उनले सरकारले सहज र सरल ब्याजदरमा ऋण उपलब्ध गराए यस क्षेत्रलाई अझै विस्तार गर्दै लैजान सकिने बताए ।

 

नेपालमा रिसर्च सेन्टर पर्याप्त मात्रामा नरहेको केसीले बताए । हाल नेपालमा गुणस्तरीय उत्पादन बढाउनका लागि रिसर्च सेन्टर र प्रयोगशालाको आवश्यकता देखिन्छ । नेपाली उद्योगहरुले मुख्य रुपमा भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्छ । विश्वका प्रमुख औषधि उत्पादक मुलुकको सूचीमा भारत तेस्रो नम्बरमा छ ।

 

नेपालमा उत्पादन हुने औषधि आयातलाई निरउत्साहित गरे नेपालका औषधिले बजार पाउने उनको भनाइ छ । यसका लागि आयातित नीतिलाई कडाई नगरीएसम्म स्वदेशी उत्पादनले बजार नपाउने उनले बताए ।

रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै Read Previous

रेल र जल यातायातमा ‘ब्रेक थ्रु’ हुँदै

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद खुल्यो, कहाँबाट दिने आवेदन Read Next

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद खुल्यो, कहाँबाट दिने आवेदन