सचिवले गुमराहमा राख्दा बाणिज्य मन्त्रालय विवादमाः मन्त्री यादब

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मात्रीका यादवले भन्सार नाकामा सुरु भएको विषादी परिक्षण पूर्वाधार निर्माण बिनानै लागु भएकोमा आफ्नो गल्ती स्वीकारेका छन् ।

 

उनले आफु नभएको बेला सचिवले यस्तो निर्णय लिदा सरकारनै विवादास्पद भएको बताए । ‘सचिवमा भर पर्दा हामी चुकेउ, सबै फाइल पढेर साइन गर्न पनि सकिदैन,’ मन्त्री यादवले भने ।

 

उनले विषादी परिक्षणको विषयमा सचिवले आफुलाई गुमराहामा पारेको बताए ।

 

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सचिवले आफुलाई गुमराहामा राखेका कारण मन्त्रालयको तहबाट गतल निर्णय भएको बताएका हुन् ।

 

‘मेरो गल्ती हैन, निर्णय फिर्ता पनि भएको छैन, पूर्वाधार तयार नहुँदासम्म पुरानै तरिकाले परिक्षण हुन्छ,’ मन्त्री यादवले भने ।
उद्योग मन्त्रालयकी सचिव यमकुमारी खतिवडाले यस निर्णयमा वाणिज्य सचिवको मात्र गल्ती नभई प्रधानमन्त्री कार्यालयका सचिव र कृषि मन्त्रालयका सचिवको गल्ती भएको आरोप लगाएकी थिइन् ।

 

सरकारले असार २ गते राजपत्रमा प्रकाशित गरेर भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परिक्षण अनिवार्य गरेको थियो ।प्रयोगशाला अभाव भएका कारण आयात हुने तरकारी तथा फलफुल भन्सारमै रोकी काठमाडौं ल्याएर जाँच गर्नुपर्ने अवस्था थियो । सरकारले तयारी बीना नै कार्यान्वयनमा ल्याउदा पूर्वनिर्णय फिर्ता हुन गएको हो ।

 

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको तरकारी आयात भएको छ । कालिमाटी तथा फलफुल बजार विकास समितिकाको तथ्यांक अनुसार कालीमाटी बजारमा दैनिक ८ सय टन तरकारी भित्रिन्छ ।

 

त्यसमध्ये करिब ४४ प्रतिशत भारतबाट आयात हुने गरेको छ । गत आर्थिक वर्षमा भारतबाट ४४.०८ र चीनबाट ०.४३ प्रतिशत तरकारी आयात भएको थियो ।

राष्ट्रिय युवा परिषद्को समन्वयमा १ हजार युवालाई १० लाखका दरले कर्जा सुविधा Read Previous

राष्ट्रिय युवा परिषद्को समन्वयमा १ हजार युवालाई १० लाखका दरले कर्जा सुविधा

काठमाडौंमा जग्गाको मूल्य स्थीर, कारोबार २५ प्रतिशतले घट्यो Read Next

काठमाडौंमा जग्गाको मूल्य स्थीर, कारोबार २५ प्रतिशतले घट्यो