विद्युतीय बस खरिद प्रक्रिया अघि बढ्यो, साझालाई दिएको पैसा ब्याजसहित फिर्ता

काठमाडौं । विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकार लगायतका विषयमा छलफल अघि बढेको छ ।

 

भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका बारेमा आवश्यक तयारी अघि बढाएको हो । समितिको सुझावकै आधारमा खरिद प्रक्रिया अघि बढ्ने मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताए ।

 

उनका अनुसार साझा यातायात सहकारी संस्थाबाट पैसा फिर्ता लिइएपछि मन्त्रालयले खरिदका लागि आवश्यक तयारी अघि बढाएको छ । उनले भने, ‘विद्युतीय बसको स्पेशिफिकेशन, मोडालिटि लगायतका कुरामा छलफल भइरहेको हो ।’

 

सरकारले विद्युतीय बस खरिदका लागि गत असारमा संस्थाको ३ अर्ब बराबरको शेयर खरिद गरेको थियो । पहिले दिइएको भन्दा संस्थाले ‘स्पेशिफिकेशन’ फरक भएको र बस खरिद अघि नबढेको भन्दै सरकारले चार महिनापछि कात्तिकमा सो रकम फिर्ता गरेको हो ।

 

संस्थालाई दिइएको रकमसँगै ब्याजसमेत फिर्ता लिइएको मन्त्रालयका प्रवक्ता प्रधानले बताए। रकम फिर्ता भएसँगै सरकारले नयाँ प्रक्रियाबाट खरिद प्रक्रिया गर्न तयारी अघि बढाएको हो । रासस

व्यापार घाटा घट्दो क्रममा Read Previous

व्यापार घाटा घट्दो क्रममा

बैंक अफ काठमाण्डूको टपअपमा २५ नगद फिर्ता योजना Read Next

बैंक अफ काठमाण्डूको टपअपमा २५ नगद फिर्ता योजना