काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यम बिओके स्मार्टमार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ।
ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्मार्टबाट गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबारमा गर्नुपर्ने बैंकले बताएको छ। उक्त योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ।
बैंकले हाल देशभरका ८७ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।