डिशहोमले ल्यायो नेपालकै पहिलो भोजपुरी च्यानल

नेपाली टेलिभिजनको दुनियामा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको भोजपुरी च्यानल संचालनमा ल्याएको छ । बिगत लामो समय देखी नेपाली दर्शकको मनोरञ्जनको चाहाना लाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु संचालन गर्दै आएको छ ।

 

डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै वसेर नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल संचालन गरिरहेको मा भोजपुरी भाषाको मनोरञ्जनात्मक “भोजपुरी म्याजिक” नामक च्यानल पनि सुरु गरेको छ ।

 

भोजपुरी चलचित्र र गीतहरु प्रशारण हुने यस च्यानलले नेपाली दर्शक लाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने छ । साथमा भोजपुरी भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रशारण गरिने छ जस वाट क्षेत्रिय भाषाको गीत गाउने स्थानिय कलाकारको प्रतिभा लाई समेत नेपाल भर पुर्याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ ।

 

आगामी दिनहरुमा पनि डिशहोमको ग्राहकहरुको मनोरञ्जनका लागी भिन्न खालका सामाग्री प्रशारण हुने विभिन्न च्यानलहरु थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको छ ।

अब ३ वटा जहाज हुने कम्पनीले मात्र उडान सेवा सञ्चालन गर्न पाउने Read Previous

अब ३ वटा जहाज हुने कम्पनीले मात्र उडान सेवा सञ्चालन गर्न पाउने

४७% हकप्रदपछि अपि पावरले पुनः ९०% हकप्रद बिक्री गर्ने Read Next

४७% हकप्रदपछि अपि पावरले पुनः ९०% हकप्रद बिक्री गर्ने