कीर्ते तमसुक बनाई ६० लाख अनियमितता गर्ने लघुवित्तका कर्मचारी पक्राउ

एनएमबी लघुवित्त कार्यालय चामे (मनाङ) मा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेका छन् ।

 

उनले सो वित्तीय संस्थाबाट ६० लाख ७० हजार रुपैयाँ अनियमितता गरेको देखिएपछि गत आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

 

कास्कीको हेम्जामा मुख्य कार्यालय रहेको सो चामे गाउँपालिकामा रहेको सो सस्थामा उनी २ वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत थिए ।

 

सो रकम अनियमितता भएको देखिएपछि मुख्य कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरी समेत परेको जनाइएको छ । गुरुङले ४३ जनाको नाममा कीर्ते तमसुक बनाइ कर्जा निकालेको पाइएको छ ।

पाम आयलले घटायो व्यापार घाटा, निर्यात २२ प्रतिशतले बढ्यो Read Previous

पाम आयलले घटायो व्यापार घाटा, निर्यात २२ प्रतिशतले बढ्यो

स्थानीय तहका जनप्रतिनिधिले अब तलब लिन नपाउने Read Next

स्थानीय तहका जनप्रतिनिधिले अब तलब लिन नपाउने