शिखर इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शिखर इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको छ।इन्स्योरेन्सले कम्पनीले निष्काशन गर्ने ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन गरेको हो ।

 

नेप्सेले इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरी प्रतिकित्ता १ हजार ५३.८५ रुपैयाँ कायम गरेको छ।मंगलबार समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ ।

 

इन्स्योरेन्सले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको छ भने ३० प्रतिशत हकप्रदपछि । कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

 

हकप्रद निष्काशन प्रयोजनाका लागि इन्स्योरेन्सले फागुन १३ गतेदेखि बुकक्लोज गरेको हो। यस अनुसार फागुन १२ गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउनेछन् ।

दातृ निकायका सहयोगका परियोजना पनि उस्तै, ‘एडिबी’का अधिकांश परियोजना सुस्त Read Previous

दातृ निकायका सहयोगका परियोजना पनि उस्तै, ‘एडिबी’का अधिकांश परियोजना सुस्त

सीएमसीले सहायक ठेकेदारलाई दिनुपर्ने भुक्तानीको टुंगो लागेन Read Next

सीएमसीले सहायक ठेकेदारलाई दिनुपर्ने भुक्तानीको टुंगो लागेन