काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो २५औँ वर्ष पूरा गरेको अवसरमा ‘बोक सहज बचत खाता’ योजना सार्वजनिक गरेको छ।
उक्त खाता ग्राहकले मात्र २५ रुपैयाँमा नै खोल्ने सक्ने बैंकले बताएको छ।बचत खातामा उच्च ब्याजदरको व्यवस्था सहित थुप्रै निःशुल्क सुविधाहरु पनि दिइएको छ।
बैंकले हाल देशभरका ८७ शाखा, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ।