एनआईसी एशियाको ‘न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजना’

काठमाडौं । एनआईसी एशिया बैंकले ‘न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजना’ सञ्चालनमा ल्याएको छ।

 

उक्त योजनामा २१ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गर्दै आएको बैंकले बताएको छ। सो योजनामा उच्च ब्याज पनि उपलब्ध गराइएको छ।मुद्धती निक्षेप खाता खोलेकै आधारमा बैंकले यस्तो सुविधा दिएको हो।

 

बीमा सविधाको योजना अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाखसम्मको बीमा सुविधा उपलब्ध छ। यस्तै, १८ घातक रोगहरुको लागि १० लाखसम्म र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा दिइनेछ।

 

यसैगरी औषधी उपचार बीमा अन्तर्गत बहिरंग (ओपीडी) उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ।

 

यो निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरिसकेको बैंकको भनाइ छ।

 

एनआइसीले हाल देशभरका  ३१९ शाखा कार्यालयहरु, ४४५ एटीएम, १०३ वटा एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

राष्ट्रिय बीमा संस्थानको कोषमा २६ अर्ब, बीमक ७ लाख Read Previous

राष्ट्रिय बीमा संस्थानको कोषमा २६ अर्ब, बीमक ७ लाख

किन सुके किराना पसल, मल तथा डिपार्टमेन्ट स्टोरहरूमा  वर्षेनि २५% ग्राहक बढ्दै Read Next

किन सुके किराना पसल, मल तथा डिपार्टमेन्ट स्टोरहरूमा वर्षेनि २५% ग्राहक बढ्दै