सिटिजन्स बैंकका ४ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एकैसाथ चार ओटा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले बिहीबार मोरङको कन्चनबारी (राजवंशी चोक), कास्कीको हस्पिटल चोक (पोखरा) र कैलालीको अत्तरिया तथा सुखडमा शाखा सञ्चालनमा ल्याएको हो।

 

आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरेको बैंकले जनाएको छ । सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

 

यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

 

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

कालोसूचीमा परेको पप्पुका कारण तिनकुने 'आर्क ब्रिज' अझै २ वर्ष नबन्ने Read Previous

कालोसूचीमा परेको पप्पुका कारण तिनकुने 'आर्क ब्रिज' अझै २ वर्ष नबन्ने

देशकै ठूलो कालीगण्डकी जलविद्युत् बन्द Read Next

देशकै ठूलो कालीगण्डकी जलविद्युत् बन्द