विदेशी पर्यटकलाई स्वागत गर्न विमानस्थलमा राखिए दुई परी

काठमाडौं । पर्यटन वर्ष २०२० मा आउने पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न २ वटा रोबर्ट राखिएको छ । ती रोबर्टको नाम ‘पर्यटन परी’ राखिएको छ ।

 

आज पर्यटन मन्त्री योगेश भट्टराइले ‘पर्यटन परी’ सँग अभिवादन गर्दै आधिकारीक रूपमा यसको शुभारम्भ गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको २ पर्यटन परीले विमानस्थल भएर आउने पर्यटकलाई नेपालमा स्वागत गर्ने छन् । साथै, उनीहरूले नेपाल आउने पर्यटकहरुलाई पर्यटन स्थल तथा विमानस्थलका सेवा सुविधाको बारेमा समेत जानकारी दिनेछन् ।

 

एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्ने यी पर्यटन परी राम्रोसँग सञ्चालन भएका अझै थप गर्न सकिने मन्त्री भट्टराईले बताए । उनले पर्यटन परीको सेवा प्रभावकारी भएमा यसलाई अन्य बन्दै गरेका विमानस्थलमा समेत राख्न सकिने बताएका थिए ।‘पर्यटन परीको प्रयोग राम्रो भएमा हामी अरु पनि थप्न सक्छौँ, यो परीक्षणका क्रममा लाभदायी हुने देखिएको छ,’ भट्टराईले भने ।

 

प्राविधिक रुपमा अत्याधुनिक बन्दै गएको विमानस्थलमा पयर्टन परीको आगमनले धेरै पर्यटनहरुले सेवा पाउने मन्त्री भट्टराईले बताए । त्रिभुवन विमानस्थलको विकासका क्रममा पर्यटन वर्ष २०२० लाई यसले धेरै सहयोग पुर्याउने उनको दाबी छ ।

 

पर्यटन परीले नेपाली, अङग्रेजी र चिनियाँ भाषमा सेवा प्रदान गर्ने छिन् । २०२० भ्रमण वर्षलाई सफल पार्न यसले थप उर्जा थपेको मन्त्री भट्टराईले बताए ।

 

झण्डै २२ लाख रुपैयाँ लगानीमा नेपालमै बनेको पर्यटन परीको सफलताले नेपालको प्रविधिलाई विकास तर्फ लैजाने अनुमान गरिएको छ ।

 

पर्यटन परीले नेपालको बारेमा जानकारी दिन सक्ने छन् । सहज ढंगले सहयोग गर्ने गरी यसले पर्यटकीय ट्रेकिङ, होटल, नेपालको सामाजिक संस्कारको बारेमा जानकारी दिन सक्ने छन् ।

 

यसमा एउटा टचको बटनबाट हेरेर जानकारी लिन सकिने छ । कन्ट्रोल परिको माध्यमबाट यसबाट सेल्फी लिने, सिस्टाचार समेत गर्न सकिने छ । यसले पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विभिन्न स्थानको बारेमा जानकारी दिन सक्ने इन्जिनीयर आयुश कसजोले जानकारी दिए ।

 

यस्ता रोबर्ट, अमेरिका, जापान, कोरिया लगायतका विभिन्न राष्ट्रहरुमा सञ्चालनमा आइसकेका छन् ।

 

डिशहोमको 'डिलर दाईको डिस्काउन्ट' योजनाको विजेता घोषणा Read Previous

डिशहोमको 'डिलर दाईको डिस्काउन्ट' योजनाको विजेता घोषणा

सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा Read Next

सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा