डिशहोमको ‘डिलर दाईको डिस्काउन्ट’ योजनाको विजेता घोषणा

काठमाडौं । डिशहोमले ‘डिशहोमा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तरगत माघ २७ गतेदेखि फाल्गुन १ गतेसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्नेे ग्राहकलाई समावेश गरेर ‘लाइभ लक्की ड्र’ सम्पन्न गरेको छ ।

 

लक्की ड्रबाट नवलपरासीको कावाशोतीका सुदिप मरासिनीर, कास्कीको पोखराकी बिनिता गुरुङ विजेता घोषित भए । विजेतालाई जनही १ लाख रुपैयाँ नगद उपहार प्रदान गरिनेछ । लक्की ड्रको डिशहोमको शोकेस च्यानल नं १०० बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

 

फाल्गुन २ गतेखि ८ गतसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई फागुन ९ गते हुने लाइभ लक्की ड्रमा समावेश गरिने छ ।

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेटको उपाधि कामना विकासलाई Read Previous

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेटको उपाधि कामना विकासलाई

विदेशी पर्यटकलाई स्वागत गर्न विमानस्थलमा राखिए दुई परी Read Next

विदेशी पर्यटकलाई स्वागत गर्न विमानस्थलमा राखिए दुई परी