काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जलाई देशकै पहिलो प्लास्टिक मुक्त संरक्षित क्षेत्र बनाउने अभियानलाई निरन्तरता दिँदै नेपालका लागि कोकाकोलाको अधिकृत विक्रेता बोटलर्स नेपाल (तराई) फोहोर व्यवस्थापनमा सहयोग गरेको छ । बोटलर्सले डब्लूडब्लूएफ नेपालको समन्वयमा निकुञ्जलाई २५ वटा ठूला पीईटी बोतल कलेक्शन बिन सहयोग गरेको छ ।
वन तथा वातावरण मन्त्रालयको अगुवाइमा २०१९ जनवरीमा शुरूवात गरिएको उक्त अभियान निकुञ्जले कार्यान्वयनमा ल्याएको थियो । उक्त अभियानमा नेपाल आर्मी, डब्लूडब्लूएफ नेपाल, हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), राष्ट्रिय प्राकृति संरक्षण कोष, स्थानीय समुदाय र पर्यटन उद्यमी लगायतले सहकार्य गरेका थिए ।
राष्ट्रिय निकुञ्जको विभिन्न स्थानबाट पीईटी बोतलहरू नियमित रूपमा कोका–कोला नेपालको सस्टेनेब्लीटी पार्टनरमार्फत संकलन गरिन्छ जहाँ रिसाइक्लर साथीले विशेष गरी नैतिक तथा कानुनी रिसाइक्लिङका लागि काम गरिरहेको छ ।
यो अभियान कोका–कोला नेपालको सस्टेनेब्लीटी पार्टनर क्रियशनले नेपालको फोहोर व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले अगुवाइ गरिरहेको छ ।
कोकाकोला कम्पनीको वल्र्ड वीथआउट वेस्ट भिजन अन्तर्गत सन् २०३० सम्म विश्वव्यापी रूपमा आफ्नो प्याकेजिंगको १००% बराबर संकलन र रिसाइकल गर्ने प्रतिज्ञा गरेको छ ।
देशप्रतिको प्रतिबद्र्धताका रूपमा कोकाकोला नेपालले हिमालयन क्लाइमेट इनिसिएटिभ र क्रियशनसँग सहकार्य गरेर रिसाइकिलंग सुविधाका लागि काठमाडौं र भरतपुरमा २ वटा पीईटी बोटल कलेक्शन स्थापना गरेको छ ।
ँछ ।”