स्पोर्ट अवार्डमा ग्लोबल आइएमई बैंकको नगद पुरस्कार प्रायोजन

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित ‘स्पोर्ट अवार्ड २०७५’ मा उकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गर्ने नगद पुरस्कार प्रायोजन गरेको छ।

 

पुरुषतर्फ सर्वोकृष्ट भएका प्याराग्लाईडिङका विमल अधिकारी र महिलातर्फ सर्वोकृष्ट भएका तेकवान्डोकी निमा गुरुङलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृतसुजित कुमार शाक्यले एक लाखको चेक हस्तान्तरण गरेका छन्।

 

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले विगत १३ वर्ष देखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आईरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै १४औं एनएनआईपिए स्पोर्टस् अवार्ड मंगलबार वसन्तपुरको डवलीमा आयोजना गरिएको थियो।

तीन उद्योग बन्द गर्न निर्देशन Read Previous

तीन उद्योग बन्द गर्न निर्देशन

५ वर्षभित्र अत्याधुनिक पूर्वाधार सहित यस्तो बन्ने छ नेपालगञ्ज विमानस्थल Read Next

५ वर्षभित्र अत्याधुनिक पूर्वाधार सहित यस्तो बन्ने छ नेपालगञ्ज विमानस्थल