जाजरकोटको विद्यालयलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जाजरकोटको नलगाड नगरपालिका ७ को त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

 

विद्यालयमा आयोजित कार्यक्रममा करीब ११५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको बैंकले जानकारी दिएको छ। शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने विद्यालय प्रशासनले जनाएको छ ।

 

बैंकले हाल देशभर ८९ शाखा, ९० एटीएम र १०३ शाखा रहित बैंकिङ एकाईबाट करीब ५ लाख ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

अरुण तेस्रोको ट्रान्समिसन लाइनका लागि  ५१७ टावर निर्माण गरिने Read Previous

अरुण तेस्रोको ट्रान्समिसन लाइनका लागि ५१७ टावर निर्माण गरिने

चार जनाले ३ महिना लगाएर बनाए साढे १० फिट लामो खुकुरी Read Next

चार जनाले ३ महिना लगाएर बनाए साढे १० फिट लामो खुकुरी