फागुन ९ देखि मेची पर्यटन महोत्सव हुने

काठमाडौं । ताप्लेजुङमा पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव हुने भएको छ । पाथीभरालगायत ताप्लेजुङको मुख्य पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले फागुन ९ गतेदेखि पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव–२०७६ को आयोजना गरिने भएको हो ।

 

आज राजधानीमा एक कार्याक्रम गरी सोको जानकारी गराइएको हो । फागुन १३ गतेसम्म चल्ने यस मेलामा ताप्लेजुङको पर्यटकीय सौन्दर्य, जैविक विविधता, प्राकृतिक स्रोत, जातीय सदभाव तथा सांस्कृतिक अनेकतालाई चिनाउने छ ।

 

पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव काठमाडौं समन्वय समितिको संयोजकत्वमा ९२ लाख २५ हजार रुपैयाँ लागतमा महोत्सवको आयोजना गरिएको हो ।

 

महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी गरिने छ भने विविध सांस्कृतिक झाँकीहरू अवलोकन गर्न सकिने छ ।
महोत्सवमा स्थानीय खानाका परिकार, ताप्लेजुङ बजारमा भेडीगोठको अवलोकन, हेलिकप्टरबाट ताप्लेजुङका प्रमुख पर्यटकीय क्षेत्रको अवलोकनका साथै याक तथा चौरीको अवलोकन गर्न सकिने छ ।

 

महोत्सवमा रमाइलो खेलकूद कार्यक्रम, चर्चित राष्ट्रिय कलाकार, विदेशी कलाकार तथा स्थानीय कलाकारका साथमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने छ ।

बागमती प्रदेश सरकारले हेटौंडा–धुलिखेल विद्युतीय बस सञ्चालन गर्ने Read Previous

बागमती प्रदेश सरकारले हेटौंडा–धुलिखेल विद्युतीय बस सञ्चालन गर्ने

६ ठेकेदार कम्पनी कालोसूचीमा, पप्पुलाई ३ वर्ष प्रतिवन्ध Read Next

६ ठेकेदार कम्पनी कालोसूचीमा, पप्पुलाई ३ वर्ष प्रतिवन्ध