६ ठेकेदार कम्पनी कालोसूचीमा, पप्पुलाई ३ वर्ष प्रतिवन्ध

काठमाडौं । सरकारले ६ निर्माण व्यवसायी कम्पनीलाई कालोसुचीमा सुचिकृत गरेको छ । सोमबार नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई कालो सूचिमा समाबेस गरेको हो ।

 

समयमा काम सम्पन्न नगर्ने तथा काम जिम्मा लिएर अलपत्र छाड्ने ठेकेदार कम्पनीमध्ये पप्पु कन्स्ट्रक्सनलाई सबैभन्दा बढी समयका लागि कालोसूचीमा राखिएको छ । पप्पु कन्स्ट्रक्सनलाई ३ बर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।

 

पप्पु बाहेक अन्य ५ निर्माण कम्पनीहरुलाई १÷१ बर्षका लागि कालोसूचीमा राखिएको छ । पप्पुलाई तिनकुने स्थीत पुल निर्माण नगरेको आरोपमा काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरको उजुरीका आधारमा कालोसूचीमा राखिएको हो ।

 

पप्पु कन्स्ट्रक्सन संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायणप्रसाद साह रौनियारले स्थापना गरेको कम्पनी हो । हाल यो कम्पनीलाई उनका छोरा सुमित रौनियारले संचालन गर्दै आएका छन् ।

 

यस्तै निशा सप्लायर्स हेटौंडा, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी काठमाडौं, बारा कन्स्ट्रक्सन काठमाडौं, एचबी केसी निर्माण सेवा सिन्धुपाल्चोक तथा श्रीदेव सप्लायर्स काठमाडौं गरी थप ५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

 

कालोसूचीमा राखिएका पप्पु बाहेकका अन्य कम्पनीले १ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि बोलपत्रमा सहभागिता जनाउन पाउने छैनन् ।

फागुन ९ देखि मेची पर्यटन महोत्सव हुने Read Previous

फागुन ९ देखि मेची पर्यटन महोत्सव हुने

बालाजु अटो वर्कसद्वारा आफ्ना प्रिभिलेज मेम्बरलाई सम्मान Read Next

बालाजु अटो वर्कसद्वारा आफ्ना प्रिभिलेज मेम्बरलाई सम्मान