२ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

 

केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

 

बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

 

उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

 

विद्युत् वितरण प्रणाली स्तरोन्नति गर्न युरोपेली बैंकबाट साढे १२ अर्ब ऋण Read Previous

विद्युत् वितरण प्रणाली स्तरोन्नति गर्न युरोपेली बैंकबाट साढे १२ अर्ब ऋण

अधुरा आयोजना पूरा गर्न सरकारले पर्याप्त बजेट उपलब्ध गराउने Read Next

अधुरा आयोजना पूरा गर्न सरकारले पर्याप्त बजेट उपलब्ध गराउने