सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र म्याक्स मनि ट्रान्सफरबीच विदेशबाट बैंकिङ प्रणालीमार्फत पठाएको रेमिटेन्स (विप्रेषण) भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।

 

सम्झौता अनुसार अब म्याक्स मनि ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पठाएकोरेमिटेन्स रकम सिटिजन्स बैंकका नेपालभरका ८९ ओटा शाखाबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

 

बैंकले हाल देशभरका ८९ शाखा, ९० एटीएम र १०३ शाखा रहित बैंकिङ एकाइबाट करीब ५ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

बैंकले ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

 

अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने बैंकको योजना सञ्चालनमा रहेको छ ।

टेलिकमको दोस्रो त्रैमासमा नाफा बढ्यो Read Previous

टेलिकमको दोस्रो त्रैमासमा नाफा बढ्यो

प्रभु बैंक र एन प्याब्सनबीच बैंकिङ कारोबार गर्ने सम्झौता Read Next

प्रभु बैंक र एन प्याब्सनबीच बैंकिङ कारोबार गर्ने सम्झौता