उपत्यका पूर्वाधारः बानेश्वरको आकाशे पुल र कोटेश्वर–जडिबुटि सडक विस्तार यसै वर्ष

काठमाडौं। बानेश्वरमा बन्दै गरेको आकाशे पुल यही आवभित्र निर्माण हुने भएको छ । सडक डिभिजन कार्यालयको सुचना अधिकारी सजना अधिकारीका अनुसार निर्माणको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । हालसम्म जग उठाउने र त्यसलाई माथी उठाउने काम पुरा भएको हो । अब त्यसमा स्टिलको काम मात्र बाँकी रहेको उनले बताइन । सो पुल ३ करोड ५ लाख रुपैयाँमा निर्माण हुँदै छ ।

 

सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा १० किलोमिटर सडकमा ‘ओभर ले’ गरेको छ । चालु आवमा कुल ४२ किलोमिटर सडक ‘ओभर ले’ गर्ने डिभिजन कार्यालयको लक्ष्य रहेको छ । चालु आवको यो ६ महिनामा डिभिजन कार्यालयले ३३ करोड ३४ लाख २ हजार रुपैयाँ खर्च गरेको छ । चालु आवको कुल बजेट २ अर्ब ५ करोड रहेको छ ।

 

सो मध्ये चालु आर्थिक वर्षमा १६.२७ प्रतिशत मात्र बजेट खर्च भएको हो । सो अवधिमा उक्त रकम मार्फत २३.८० प्रतिशत भौतिक प्रगति भएको हो ।

 

यसैगरी डिभिजन कार्यालयले कोटेश्वर जडिबुटीको सडक २ लेन विस्तार गर्ने भएको छ । सो विस्तारका लागी छलफल भइरहेको अधिकारीले बताइन् । हाल ६ लेनको सडकलाई दुवैतिर १÷१ लेन विस्तार गरिने योजना बनाइएको हो । कोटेश्वरको जामलाई न्यूनीकरण गर्न यो योजना अघि सारिएको उनले बताइन् । सो सडक विस्तारका क्रममा एयरपोर्टको जग्गा पनि केही प्रयोग हुने देखिएको छ । हाल सडक विस्तारका लागि जग्गा अधिग्रहणको काम भइरहेको उनले बताइन् । हाल डिजाइनको कामलाई तिब्रता दिइएको छ ।

 

कोटेश्वरमा बनाइने आकाशे पुलको विवाद भने अझै सुल्झिन सकेको छैन । आकाशे पुल निर्माणका क्रममा एयरपोर्टको जग्गा मिचिने र हवाइजहाज आउने क्रममा आकाशे पुलले समस्या दिने भएपछि सो पुल निर्माणको टुंगो नलागेको हो । कोटेश्वरमा पुल निर्माण गर्ने कि नगर्ने अझै निश्चत नभएको अधिकारीले बताइन् ।

 

‘कोटेश्वरमा बनाइने आकाशे पुलले जहाज अवतरणमा समस्या ल्याउन सक्ने देखिएको छ । त्यसैले गर्दा बनाउने कि नबनाउने अझै निश्चित भइसकेको छैन,’ अधिकारीले भनिन् ।

 

चालु आवमा गरिने कामहरु

 

काठमाडौं सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा घट्टेखोलाको पुल निर्माण र विश्णुमती खोलामा पुल निर्माणको काम सम्पन्न गरेको छ । साथै जडिबुटीमा समेत बेली ब्रीजको निर्माण पुरा भइसकेको उनले बताइन् ।

 

यस्तै यो चालु आवभित्र सेतीदेवीमा बन्दै गरेको बाग्मती खोला पुल आउँदो असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो ब्रिजमा जग उठाउने काम सकिएको जनाइएको छ । सो पुलको निर्माण बर्खाले भत्काएका कारण त्यसमा अझै समय थप गरी कार्य सम्पन्न गरिने बताइनएको छ ।

 

ज्यामिरे खोला पुल निर्माणको डिजाइन सम्पन्न हुने क्रममा रहेको छ । विभागका अनुसार सो पुलको डिजाइन निर्माण अन्तिम चरणमा रहेको छ ।

अर्ध वार्षिक समिक्षामा राजश्व लक्ष्य र बजेटको आकार नै घटाइयो Read Previous

अर्ध वार्षिक समिक्षामा राजश्व लक्ष्य र बजेटको आकार नै घटाइयो

९ दिनपछि बागमतीको सफा पानीमा नुहाउन पाइने Read Next

९ दिनपछि बागमतीको सफा पानीमा नुहाउन पाइने