सेञ्चुरी बैंकले ६.७५ प्रतिशत लाभांश दिने, राम्रो लाभांशको लागि मर्जरमा जानै पर्ने अवस्था

काठमाडौं। सेन्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षका लाभांश बल्ल घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट २ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत समेत गरेर ४.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस आधारमा बैंकले बोनस र नगद गरी कुल ६.७५ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

 

सेन्चुरीले १६ करोड ८३ लाख ९ हजार ४२३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । साथै, ३९ करोड ९७ लाख ३४ हजार ८९९ रुपैयाँ नगद बाँड्नेछ । यो प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ छ । बोनस पश्चात पुँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार पुग्नेछ ।

इन्भेष्टमेन्ट बैंकको ओरालो यात्रा कायमै, १५.६६ प्रतिशतले घट्यो नाफा Read Previous

इन्भेष्टमेन्ट बैंकको ओरालो यात्रा कायमै, १५.६६ प्रतिशतले घट्यो नाफा

५ वर्षपछि यस्तो बन्ने छ विराटनगर एयरपोर्ट Read Next

५ वर्षपछि यस्तो बन्ने छ विराटनगर एयरपोर्ट