इन्भेष्टमेन्ट बैंकको ओरालो यात्रा कायमै, १५.६६ प्रतिशतले घट्यो नाफा

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १५.६६ प्रतिशतले घटेर १ अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब ९७ करोड ५५ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै घटेको छ ।

 

बैंकको खुद ब्याज आम्दानी ७.५४ प्रतिशतले घटेर ३ अर्ब ६ करोड ३३ लाख ५५ हजार रुपैयाँमा आएको छ । त्यस्तै, सञ्चालन नाफा पनि १६.२७ प्रतिशतले घटेर २ अर्ब ३८ करोड ८ लाख ८० हजार रुपैयाँमा झरेको छ । बैंकको खराब कर्जा पनि बढेको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ५६ पैसाले घटेर २३ रुपैयाँ ४३ पैसामा आइपुगेको छ । प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ रहेको छ ।

अब ‘ब्याक’ गरेर ज्यान लिने सवारीचालकको लाइसेन्स सँधैका लागि खारेज हुने Read Previous

अब ‘ब्याक’ गरेर ज्यान लिने सवारीचालकको लाइसेन्स सँधैका लागि खारेज हुने

सेञ्चुरी बैंकले ६.७५ प्रतिशत लाभांश दिने, राम्रो लाभांशको लागि मर्जरमा जानै पर्ने अवस्था Read Next

सेञ्चुरी बैंकले ६.७५ प्रतिशत लाभांश दिने, राम्रो लाभांशको लागि मर्जरमा जानै पर्ने अवस्था