१४ सय मेगावाट विद्युत थपिदैं, माग भन्दा आपुर्ति धेरै हुँदा बेच्ने तयारीमा प्रधिकरण

काठमाडौं। चालु आर्थिक वर्ष २०७६/७७ भित्रमा १ हजार ४ सय मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । विभिन्न ५० वाटका आयोजना केन्द्रीय प्रसारण लाइनमा थप्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जानकारी गराएको हो । यसरी उक्त ५० वाट विद्युत थपिदाँ प्रसारण लाइनमा १ हजार ४ सय मेगावाट विद्युत थप हुने भएको छ ।

 

हाल निर्माणाधीन क्रममा रहेका ५० वटा आयोजना यसै वर्ष सम्पन्न हुने र प्रसारण लाइनमा जोडिने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताएका छन् । ‘यो वर्ष करिब १ हजार ४ सय मेगावाट विद्युत केन्द्रीय प्रणालीमा जोडिँदै छ’, प्रवक्ता अधिकारी भन्छन्, ‘हामीले यसका लागि सबै ठाउँमा प्रसारण लाइन निर्माण गरी सकेका छैनौं । यस्तो अवस्थामा विद्युत उत्पादनसंगै चुनौती पनि थपिएको छ । साथै त्यसकारण हामीले वैकल्पिक प्रसारणको प्रयोग गर्नुपर्ने देखिन्छ’

 

यो विद्युत प्रसारण लाइनमा जोडिँदा हालको मागलाई धान्न सक्ने देखिएको प्रवक्ता अधिकारीले बताए । यी आयोजनाको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिँदा हालको मागभन्दा बढी विद्युत उत्पादन हुने भएपछि प्राधिकरणले विद्युत बेच्ने तयारीसमेत गर्न थालेको छ ।

 

चालु आवमा केन्द्रीय प्रसारण लाइनमा सय मेगावाटभन्दा ठूला २ आयोजना, २० मेगावाटभन्दा ठूला ९ वटा आयोजना, १० मेगावाटभन्दा ठूला ५ वटा आयोजना र १० मेगावाटभन्दा साना ३४ वटा आयोजना थपिने प्राधिकरणको भनाई छ । तीमध्ये ३५.५ मेगावाटका ८ वटा सौर्य विद्युत आयोजना रहेका छन् ।

 

प्राधिकरणका अनुसार हाल नेपालको ‘पिक’ समयको विद्युत माग १ हजार १६८ मेगावाट रहेको छ । जसमध्ये प्राधिकरणबाट ४८१ मेगावाट विद्युत केन्द्रीय प्रणालीमा जोडिएको छ । निजी क्षेत्रबाट ३२० मेगावाट र भारतबाट ३६७ मेगावाट आयात गरेर विद्युत आपूर्ति भइरहेको हालको अवस्था छ ।

 

यो तथ्यांकलाई आधार मान्ने हो भने हाल हाम्रो स्वदेशी उत्पादन जम्मा ८०१ मेगावाट रहेको छ । यदी, चालु आवमा १ हजार ४ मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिने हो भने जम्मा उत्पादन १८ सय ५ मेगावाट हुन जान्छ, जुन हाम्रो मागभन्दा करिब ६ सय ३५ मेगावाट बढी हुने देखिन्छ । यसरी उक्त बढी भएको विद्युत विक्रिका लागि प्राधिकरणलाई बाटो खुलेको छ ।

 

उत्पादित विद्युत बढी भएको खण्डमा प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतमा बेच्ने तयारी गरेको छ । यसका लागि प्राधिकरणले भारतको विद्युत व्यापार निगमसंग विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको बताइएको छ । विद्युत खरिदका लागि भारतको ऊर्जा मन्त्रालयले कार्यविधि तयार गरिरहेको प्राधिकरणले बताएको छ ।

 

त्यस्तै, कार्यविधि आउनासाथ हामीलाई बढी भएको विद्युत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत बिक्री गर्न बाटो खुला हुनेछ । विद्युत कारोबार गर्दा अनलाइनमार्फत मूल्यस्तर निर्धारण हुनेछ । यस्तो मूल्य हरेक १५/१५ मिनेटमा निर्धारण हुने प्राधिकरणको भनाई छ । त्यस्तै, अनलाइनले २४ घण्टामा ९६ वटा मूल्य निर्धारण गर्ने प्राधिकरणले थप स्पष्ट पार्यो ।

 

विद्युत व्यापारकै लागि प्राधिकरणले ४ सय केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिरहेको छ । यो प्रसारण लाइनले १ हजार मेगावाट विद्युत धान्न सक्ने प्राधिकरणको दाबी छ । उक्त प्रसारण लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र अबको १ महिनामा निर्माण सम्पन्न हुने प्राधिकरणले बताएको हो । यसको निर्माण प्रक्रियासंगै भारतमा विद्युत व्यापारमा सहजता आउने प्राधिकरणको दाबी छ ।

 

चालु आवमा केन्द्रीय प्रसारण लाइनमा सय मेगावाटभन्दा ठूला २ आयोजना, २० मेगावाटभन्दा ठूला ९ वटा आयोजना, १० मेगावाटभन्दा ठूला ५ वटा आयोजना र १० मेगावाटभन्दा साना ३४ वटा आयोजना थपिने प्राधिकरणको भनाई छ । तीमध्ये ३५.५ मेगावाटका ८ वटा सौर्य विद्युत आयोजना रहेका छन् ।

 

ठूला आयोजनाका रुपमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी र १११ मेगावाटको रसुवागडी जलविद्युत आयोजनासमेत यसै वर्ष केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । पछिल्लो ५ महिनामा (साउनदेखि मंसिरसम्म) ७ वटा जलविद्युत अयोजना केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । त्यस्तै, माउन्टेन हाइड्रो नेपाल, पशुपति इन्भाइरोमेन्टल पावर, बैराङ हाइड्रोपावर, युनाइटेड आईडी मार्दी एन्ड आरबी हाइड्रो, अपी पावर, अरुण काबेली र रंगुन खोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् ।

महालक्ष्मी विकास बैंकले बढायो ब्यापार, नाफामा ५४.३५ प्रतिशतको सुधार Read Previous

महालक्ष्मी विकास बैंकले बढायो ब्यापार, नाफामा ५४.३५ प्रतिशतको सुधार

अब ‘ब्याक’ गरेर ज्यान लिने सवारीचालकको लाइसेन्स सँधैका लागि खारेज हुने Read Next

अब ‘ब्याक’ गरेर ज्यान लिने सवारीचालकको लाइसेन्स सँधैका लागि खारेज हुने