महालक्ष्मी विकास बैंकले बढायो ब्यापार, नाफामा ५४.३५ प्रतिशतको सुधार

काठमाडौं। महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार नाफा ५४.३५ प्रतिशतले बढाएर ३० करोड ५० लाख पुर्याएको छ ।

 

गत वर्ष बैंकले १९ करोड ७६ लाख ४६ हजार रुपैयाँ मात्र नाफा गरेको थियो । पुस मसान्तसम्म वितरणयोग्य नाफा पनि २१ करोड १३ लाख १५ हजार रुपैयाँ रहेको छ । बैंकले गत वर्षको तुलनामा खुद ब्याज आम्दानी पनि २७.८३ प्रतिशतले बढाएर ८० करोड ४१ लाख रुपैयाँ पुर्याएको छ ।

 

सञ्चालन नाफा पनि ६२.९६ प्रतिशतले बढाउन महालक्ष्मी सफल भएको छ । गत वर्ष २६ करोड २० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको बैंकले अहिले बढाएर ४२ करोड ७० लाख पुर्याएको छ । बैंकले पुस मसान्तसम्ममा ३५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १८ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

गत वर्ष ४.४१ रहेको महालक्ष्मीको खराब कर्जा अहिले घटेर २.७६ मा आइपुगेको छ । चुक्ता पुँजी ३ अर्ब ७ करोड २० लाख रुपैयाँ रहेको महालक्ष्मीको जगेडा कोषमा १ अर्ब ४० करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १९.८६ रुपैयाँ रहेको छ ।

मुक्तिनाथको नाफा ९.९३ प्रतिशतले बढ्यो Read Previous

मुक्तिनाथको नाफा ९.९३ प्रतिशतले बढ्यो

१४ सय मेगावाट विद्युत थपिदैं, माग भन्दा आपुर्ति धेरै हुँदा बेच्ने तयारीमा प्रधिकरण Read Next

१४ सय मेगावाट विद्युत थपिदैं, माग भन्दा आपुर्ति धेरै हुँदा बेच्ने तयारीमा प्रधिकरण