मुक्तिनाथको नाफा ९.९३ प्रतिशतले बढ्यो

काठमाडौं। मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४७ करोड २५ लाख १२ हजार खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ९.९३ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले ४२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

विकास बैंक भएर पनि मुक्तिनाथले केही कमजोर बाणिज्य बैंकहरु भन्दा पनि धेरै नाफा आर्जन गर्दै आएको छ । बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १९.५४ र ८.६६ प्रतिशतले बढाउको छ ।

 

गत वर्ष ९१ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले अहिले बढाएर १ अर्ब ९ करोड ८७ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि ६२ करोड ११ लाख रुपैयाँबाट बढाएर ६७ करोड ९ लाख रुपैयाँ पुर्याएको छ । बिहीबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकको चालु आवको ६ महिनामा वितरणयोग्य नाफा ३४ करोड ३० लाख रुपैयाँ रहेको छ ।

 

बैंकले पुस मसान्तसम्ममा ४८ अर्ब २३ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ४५ अर्ब २० करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ छ ।

 

जगेडा कोषमा ७९ करोड ९८ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा थोरैले बढेर ०.११ प्रतिशत पुगेको छ । गत वर्ष खराब कर्जा ०.०५५ थियो । बैंकको प्रतिसेयर आम्दानी २२.१३ रुपैयाँ छ

अपर्याप्त कर्मचारी र केन्द्रको अंकुशले वित्तिय संघियता अप्रभावकारी Read Previous

अपर्याप्त कर्मचारी र केन्द्रको अंकुशले वित्तिय संघियता अप्रभावकारी

महालक्ष्मी विकास बैंकले बढायो ब्यापार, नाफामा ५४.३५ प्रतिशतको सुधार Read Next

महालक्ष्मी विकास बैंकले बढायो ब्यापार, नाफामा ५४.३५ प्रतिशतको सुधार