माछापुच्छ्रे बैंकले ल्यायो विदेशबाट पैसा

माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात १ अर्व भन्दा बढि पैसा नेपाल भित्र्याएको छ ।

 

यसअघि दुवईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौता अनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात माछापुच्छ्रे बैंकले १० मिलियन अमेरिकी डलर अर्थात १ अर्व भन्दा बढि पैसा नेपाल भित्र्याएकोे हो । नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।

 

माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट ल्याएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ ।

आइएमई ट्राभलले मनायो स्थापनाकाे १४औँ वार्षिकोत्सव Read Previous

आइएमई ट्राभलले मनायो स्थापनाकाे १४औँ वार्षिकोत्सव

प्राधिकरणको नागरिकलाई ‘गिफ्ट’: १० युनिट बिजुली निःशुल्क Read Next

प्राधिकरणको नागरिकलाई ‘गिफ्ट’: १० युनिट बिजुली निःशुल्क