काठमाडौं। पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटाको अवस्था वार्षिक बजेट भन्दापनि बढी हुन थालेको छ । गत आर्थिक वर्ष अर्थात २०७५/७६ मा नेपालले कुल १३ खर्ब २१ अर्ब रुपैंया बराबरको व्यापार घाटा व्यहोरिरहेको छ । जबकी उक्त वर्ष नेपालको संघीय सरकारले १३ खर्ब १५ अर्ब रुपैंया बराबरको बजेट सार्वजनिक गरेको थियो । यसरी हेर्दा नेपालको कुल व्यापार घाटा नै मुलुकको बजेटभन्दा ६ अर्ब रुपैंयाले बढी रहेको देखिन्छ ।
त्यस्तै, भन्सार विभागको चालु आव २०७६/७७ को पहिलो ६ महिनाको तथ्यांकलाई हेर्दा ६ महिनामा नेपालले ६ खर्ब ७८ अर्ब रुपैंयाको व्यापार घाटा व्यहोरिसकेको छ । उक्त तथ्यांकअनुसार, सो अवधिमा निर्यात भने मात्रै ४५ अर्ब ४१ लाख रुपैंयाको भएको छ ।
नेपालले निर्यात वृद्धिका लागि लक्ष्य लिएको एक दशक नाघिसकेको भएपनि यसमा केही सुधार आउन सकेको देखिदैन । हाल मुुलुकको कुल ग्राह्स्थ्य उत्पादन(जिडीपी) को आकार ३४ खर्ब रुपैंया पुगेको अवस्थामा नेपाललको व्यापार घाटा उक्त जिडीपीको एक तिहाई नै पुगीसकेको देखिन्छ । हरेक साना भन्दा साना वस्तुहरुको आयातले नै नेपाल विगत केही वर्षदेखि आयातमुखी अर्थतन्त्रमा निर्भर रहेको प्रष्टाएको छ ।
भन्सार विभागको तथ्यांक हेर्दा नेपालले विभिन्न मुलुकबाट साना देखि ठूला हरेक प्रकारका वस्तु आयात गर्दै आएको छ । नुनदेखि सुनसम्म, सलाई, घागो, अगरबत्ति नै होस वा विलासिताका वस्तु नै किन नहोस् मुलुक हरेक रुपमा अरुसंग निर्भर रहेको छ । विभागको तथ्यांक अनुसार, स्वदेशमै सजिलैसंग उत्पादन गर्न सकिने वस्तुपनि पछिल्लो समय ठूलो मात्रामा आयात हुने गरेको छ ।
विगतमा नेपालबाट अन्य मुलुकमा जुस निर्यात हुने गरेको सुनिएतापनि विभागको तथ्यांकले भने अर्कै देखाएको छ । नेपालले अन्य थुप्रै मुलुकबाट गत आवमा ९८ करोड रुपैंया बराबरको जुस आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
बेबी डायपर
बच्चाको लागि प्रयोग हुने बेबी डायपर वार्षिक ठूलो मात्रामा आयात हुने गरेको छ । स्वदेशमा नै डायपर उत्पादन गर्न सकिने भएतापनि नेपालले वार्षिक अर्बौ रुपैंया बराबरको डायपर आयात गर्ने गरेको तथ्यांकमा उल्लेख छ । आव ७५/७६ मा नेपालले विभिन्न मुलुकबाट २ अर्ब ३० करोड रुपैंयाको डायपर आयात गरेको छ । चालु आव ७६/७७ को पहिलो ६ महिनामा उक्त डायपर आयातको अवस्था १ अर्ब ३६ करोड रुपैंया पुगीसकेको छ । यसरी गत आवलाई नै तुलना गर्ने होभने यस वर्ष डायपर आयातमा झनै वृद्धि हुने देखिन्छ ।
बिस्कुट
सामान्यतया मैदा वा गहुँको पिठोबाट उत्पादन हुने बिस्कुट पनि नेपालले आयात गदै आएको छ । गत आवमा नेपालले अन्य थुप्रै देशबाट १ अर्ब ९४ करोड रुपैंयाको बिस्कुट आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । त्यस्तै चालु आवकै ६ महिनामा नेपालले ७२ करोडको हाराहरीमा बिस्कुट आयात गरेको देखिन्छ ।
पछिल्लो समय मुलुकमाथुप्रै बिस्कुट उत्पादन कम्पनी सञ्चालन रहेतापनि नेपाल अन्य देशसंग निर्भर रहेको छ । मुलुकभित्रै उपलब्ध रहेका कच्चा पदार्थ अर्थात पिठो, मैदा, चिनी आदि प्रयोगगरि उत्पादन गर्न सकिने बिस्कुट समेत ठूलो परिमाणमा आयात हुदै आएको पछिल्लो अवस्था रहेको छ ।
जुस
विगतमा नेपालबाट अन्य मुलुकमा जुस निर्यात हुने गरेको सुनिएतापनि विभागको तथ्यांकले भने अर्कै देखाएको छ । नेपालले अन्य थुप्रै मुलुकबाट गत आवमा ९८ करोड रुपैंया बराबरको जुस आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । त्यस्तै चालु आवको ६ महिनामा मात्रै मुलुकले १८ करोड रुपैंयाको जुस आयात भएको छ । नेपालबाट जुस निर्यात भएपनि संगसंगै आयात पनि उत्तिकै हुने गरेको विभागको तथ्यांके प्रष्टाएको हो ।
डेरी प्रडक्ट
कृषि प्रधान मुलुक रहेतापनि नेपालले दुध तथा दुधजन्य पर्दाथको आयात उत्तिकै रुपमा गरिरहेको देखिन्छ । धुलो दुध, तथा अन्य उत्पादन जस्तै, मख्खन, घ्यू, चिज लगायतका वस्तुहरुको आयात हरेक वर्ष ठूलो परिमाणमा हुने गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागको तथ्यांक अनुसार, गत आवमा मात्रै नेपालले विभिन्न मुलुकबाट १ अर्ब ६० करोड रुपैंयाको डेरी प्रडक्ट आयात गरेको छ । यसबाहेक चालु आवको ६ महिना अर्थात पुसमसान्तसम्ममा उक्त वस्तुको आयात १ अर्ब ५१ लाख रुपैंया पुगिसेको छ । यसरी कृषि प्रधान मुलुक भनिएतापनि दुध तथा दुधजन्य उत्पादनको आयात नै तिबै हुनु निकै लाजमर्दो अवस्था सिर्जना भएको देखिन्छ ।
जुत्ता–चप्पल
वार्षिक २ अर्ब रुपैंयाभन्दा बढीको वार्षिक निर्यात हुने गरेको जुत्ता–चप्पल, आयात झनै बढी हुने गरेको छ । जुत्ता–चप्पल उत्पादक संघको तथ्यांक अनुसार, गत आबमा नेपालबाट २ अर्ब भन्दा बढीको जुत्ता–चप्पल निर्यात भएको छ । तर यता विभागको तथ्यांकअनुसार भने गत आवमा विभिन्न मुलुकबाट ७ अर्ब ५१ करोड रुपैंया बराबरको जुत्ता–चप्पल आयात भएके देखिन्छ । तयस्तै चालु आवको ६ महिनासम्ममा नै ४ अर्ब ४० करोडको उक्त वस्तु आयात भएको तथ्यांकमा उल्लेख भएको छ ।
आलु तथा आलु चिप्स
मुलुकभित्र प्रसस्तै आलु उत्पादन भएपनि नोपलमा अन्य मुलुकबाट आलु आयात हुने गरेको छ । मुलुकको विभिन्न भेगमा वार्षिक ठूलो परिमाणमा आलु उत्पादन हुँदै आएको छ । यद्यपी नेपालले अन्य मुलुकबाट अर्बौ रुपैंयाको सोही वस्तु आयात पनि गर्दै आएको छ । आलुसंगसंगै आलुको उत्पादन आलु चिप्सको आयात पनि वार्षिक ठूलो मात्रामा रहेको छ ।
गत आवमा नेपालले विभिन्न मुलुकबाट १ अर्ब ५० करोडको आलु तथा ११ करोड रुपैंयाको आलु चिप्स आयात गरेको भन्सार तथ्यांकमा समावेश भएको छ । यसबाहेक चालु आवको ६ महिनामा नै १ अर्ब ३९ करोडको आलु र ९ करोड ७४ लाख रुपैंयाको आलु चिप्स आयात भएको विभागको तथ्यांकमा देखिएको छ ।
चक्लेट
गत आवमा मात्रै नेपालले अन्य विभिन्न देशबाट कुल २ अर्ब ८६ करोड रुपैंयाको चक्लेट आयात गरेको छ । स–साना वस्तुको आयात गरिरहँदा नेपालले विभिन्न मुलुकबाट चक्लेट पनि ठूलै परिमाणमा आयात गर्ने देखिएको हो । विभागको तथ्यांक अनुसार, चालु आवको ६ महिनामा मात्रै नेपालले १ अर्ब ३१ करोड रुपैंया बराबरको चकलेट आयत गरेको छ ।