उपत्यकामा बन्ने ४ स्मार्ट सिटीको डीपीआर पुरा, जग्गाधनीका ३० प्रतिशत जग्गा घट्ने

काठमाडौं । उपत्यका विकास प्राधिकरणले ४ वटै नयाँ सहर (स्मार्ट सिटी) को डीपीआर पुरा गरेको छ । प्राधिकरणले १ लाख रोपनीमा बन्ने इसान र १० हजार रोपनीमा बन्ने अरु ३ वटा गरी चार वटै नयाँ सडकको डीपीआर पुरा गरेको हो ।

 

नयाँ सहरका उक्त डीपीआर सञ्चालक समितिबाट पास गरिएको छ । उक्त नयाँ सहर निर्माणको डीपीआर सञ्चालक समितिले भौतिक विकास समितिमा पठाउन सिफारिस गरेको हो ।

 

सञ्चालक समितिले सो डीपीआर भौतिक विकास समितिमा पेस गर्ने तयारी गरिरहेको उपत्यका विकास प्राधिकरणका प्रवक्ता केशव न्यौपानेले जानकारी दिए ।

 

उनका अनुसार यो डीपीआर भौतिक समितिबाट पास भएपछि मन्त्रीपरिषदमा पेश हुनेछ । उक्त डीपीआर मन्त्रिपरिषदबाट पास भएपछि निर्माणका लागि ठेक्का प्रकृया सुरु गरिने छ ।

 

भक्तपुर सूर्यविनायकमा पर्ने १० हजार रोपनीको अर्को नयाँ सहर निर्माणका लागि भने धेरै खर्च नलाग्ने भएकाले छिटो निर्माण शुरु हुन सक्ने अनुमान गरिएको छ ।

 

‘भर्खर सञ्चालक समितिबाट भौतिक विकास समितिमा लान सिफारिस भएको छ । त्यहाँबाट पास भएर मन्त्रीपरिषदमा पुग्ने छ । मन्त्रीपरिषदबाट पास भएपछि मात्र निर्माणका लागि प्रकृया अघि बढाइने छ,’ न्यौपानेले चाणक्य पोष्टसँग भने ।

 

नयाँ सहर निर्माणका क्रममा ३० प्रतिशत जग्गा कटौती हुनेछ । जसमा सडक, पार्क इत्यादी बन्नेछन् । केही अतिरिक्त जग्गा बिक्री गरेर सहर निर्माणको लागि खर्च पनि जुटाइने न्यौपाने बताउँछन् ।

 

ल्याण्ड पुलिङमा लिएर जग्गाको विकास गरेर जग्गाधनीहरुलाई उपयोगका लागि फेरी फिर्ता दिइने छ । त्यसैले त्यसमा मुआब्जा दिइने छैन ।

 

नयाँ सहरमा न्यून्तम ६ मिटर सडकदेखि हाइवेमा ५० मिटर चौडाइका सडक बनाइने छन् । नयाँ सहरमा कलेज, दमकल स्ट्याड, हेल्थपोष्ट, पार्क, पुलिस स्टेशन, स्कुल, सहरी विकासका भौतिक पूर्वाधारहरु विकास गरिने छ ।

 

हालसम्म डीपीआर निर्माणका लागि १६ करोडको हाराहारीमा पैसा खर्च भइसकेको छ । नयाँ सहरको डीपीआर बनाउने क्रममा १ लाख रोपनीको इसान सहरको डीपीआरका लागि मात्र १० करोडको हाराहारीमा खर्च भएको छ । अन्य १० हजार रोपनीका नयाँ सहर निर्माणका लागि २÷२ करोड रुपैयाँ खर्च भएको छ ।

 

स्मार्ट सिटीमा लगानीको अवस्था

सिभिल इन्जिनियर सुरेन्द्र सिंह १ लाख रोपनीमा बन्ने इसान नाम गरेको नयाँ सहर बनाउनलाई ४ खर्ब लगानी आवश्यक पर्ने बताउँछन् । सो रकम सरकारले आफ्नो लगानीमा जुटाउन गाह्रो हुने उनी बताउँछन् । उनले नयाँ सहर निर्माणमा वैदेशिक लगानी जुटाउन सके चाँडै निर्माण गर्न सकिने बताए ।

 

भक्तपुर सूर्यविनायकमा पर्ने १० हजार रोपनीको अर्को नयाँ सहर निर्माणका लागि भने धेरै खर्च नलाग्ने भएकाले छिटो निर्माण शुरु हुन सक्ने अनुमान गरिएको छ ।

 

यसैगरी केही चिनीयाँ निर्माण कम्पनीहरुले उपत्यकामा बन्ने नयाँ सहरका लागि प्रस्ताव गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार सरकारले लगानीको वातावरण राम्रो बनाए उनीहरुले नयाँ सहर निर्माणमा लगानी गर्न इच्छा व्यक्त गरेका हुन् ।

 

एक महिनामा नेप्से १३.६७ प्रतिशतले बढ्दा यो कम्पनीका लगानीकर्ताले ६८ प्रतिशतले कमाए Read Previous

एक महिनामा नेप्से १३.६७ प्रतिशतले बढ्दा यो कम्पनीका लगानीकर्ताले ६८ प्रतिशतले कमाए

नेपालले गर्यो चीनलाई १२ हजार थान मास्क सहयोग Read Next

नेपालले गर्यो चीनलाई १२ हजार थान मास्क सहयोग