एक महिनामा नेप्से १३.६७ प्रतिशतले बढ्दा यो कम्पनीका लगानीकर्ताले ६८ प्रतिशतले कमाए

काठमाडौं। अङ्ग्रेजी नयाँ वर्ष २०२० को एक महिना बितेको छ । आज आइतबार दोस्रो महिनाको पहिलो दिन । गत एक महिनामा नेप्सेमा २२ दिन सेयर कारोवार भएको छ । यो एक महिना नेपाली सेयर बजार र लगानीकर्ताको लागि सुखद रह्यो ।

 

गत महिनाको पहिलो दिन अर्थात जनवरी १ तारिखका दिन नेप्से परिसूचक ११६६.०३ थियो । त्यसको ठिक एक महिनापछि जनवरी ३१ तारिखका दिन नेप्से परिसूचक १५९.३५ अंकले बढेर १३२५.३८ अंक पुग्यो । यो भनेको १३.६७ प्रतिशतको बृद्धि हो ।

 

यो एक महिनामा २५ वटा कम्पनीका लगानीकर्ताले आफ्नो लगानीमा ५० प्रतिशतको बढोत्तरी भएको देखे । ५० प्रतिशत भन्दा धेरै कमाउने कम्पनीहरुमा १८ वटा लघुवित्त, ४ वटा जिवन बिमा, २ वटा निर्जिवन बिमा र एउटा फाइनान्स कम्पनी रहेका छन् ।

 

यो एक महिनामा सबैभन्दा धेरै कमाउनेमा नेरुडे लघुवित्तका लगानीकर्ताहरु रहेका छन् । उनीहरुले एक महिनामा ६८.२० प्रतिशतले नाफा कमाए । नेरुडेले बिगत ५ वर्षमा क्रमशः २०.७९, २०.७९, २०.६८, ३१.०५ र ४६.३२ प्रतिशतले लाभांश बितरण गरेको छ ।

 

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म पनि राम्रो वित्तिय विवरण प्रकाशित गरेको छ । कम्पनीले यो आर्थिक वर्षको पहिलो ६ महिनामा ५८.४५ प्रतिशतले खुद नाफा बढाएको छ । लघुवित्तको खुद व्याज आम्दानी २२.३५ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ६०.०५ प्रतिशतले बढेको छ । कम्पनीको प्रति सेयर आम्दानी ३०.४३ रुपैयाँ रहेको छ ।

सडकमा भिख:  पेशा कि बाध्यता Read Previous

सडकमा भिख: पेशा कि बाध्यता

उपत्यकामा बन्ने ४ स्मार्ट सिटीको डीपीआर पुरा, जग्गाधनीका ३० प्रतिशत जग्गा घट्ने Read Next

उपत्यकामा बन्ने ४ स्मार्ट सिटीको डीपीआर पुरा, जग्गाधनीका ३० प्रतिशत जग्गा घट्ने